जनताको आकाङ्क्षा विकास, समृद्धि र सुशासन : अध्यक्ष तिमिल्सना — OSNepal

जनताको आकाङ्क्षा विकास, समृद्धि र सुशासन : अध्यक्ष तिमिल्सना

LC (KTM) April 29, 2023 0

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनताको आकाङ्क्षा भनेको देशको विकास, समृद्धि र सुशासन रहेको बताउनुभएको छ । उहाँले सङ्घीय लोकतान्त्रि गणतन्त्र नेपालको संविधान जारी भएपछि दोस्रो चरणका सबै निर्वाचन सम्पन्न भएर तीन तहमै नयाँ सरकार आइसकेको अवस्थामा रोजगारीका लागि विदेशिनुपर्ने र जनताले आफ्नो कामका लागि भनसुन गर्न नेताकहाँ धाउनुपर्ने गलत प्रणालीका अन्त्य जनताको मुख्य चाहना रहेको बताउनुभयो ।

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान, नेपालको तेस्रो केन्द्रीय महाधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले भ्रष्ट्राचार, जनताको मतको दुरुपयोग र सिद्धान्त बेचेर कुर्सीका लागि हानथाप गर्नेजस्ता कुराको अन्त्य हुनुपर्ने बताउनुभयो । “हाम्रा अग्रजहरू देशका लागि बलिदानी दिएर मर्न तयार भए, अब मर्न होइन, देशका लागि केही गर्न तयार हुनुप¥यो”, उहाँले भन्नुभयो, “आफ्ना लागि होइन, देशका लागि गर्न तयार हुनुप¥यो, तपाईँहरूजस्ता कलाकारले सङ्गीतका माध्यमबाट सचेत गराउनु¥यो ।”

उहाँले भाषा, कला र संस्कृति हाम्रा पहिचान रहेको बताउँदै यति धेरै भाषाभाषी र कला, संस्कृति कहीँ पनि नभएको र यो हाम्रो पहिचान भएको बताउनुभयो । यस्ता कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्दै अगाडि बढाउने कुरामा ध्यान दिनु जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले आधुनिकतासँगै यस्तो मौलिक कला, संस्कृति हराउँदै जाने हुन् कि भन्ने चिन्ता लिनु जरुरी रहेको र यसको संरक्षण र प्रवद्र्धनमा राज्यका तीनवटै तहका सरकारको ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “बाटो, पुल, स्कुल, कलेजजस्ता विकासका पूर्वाधार बनाउँदा यसका साथसाथै कला, संस्कृतिलाई संरक्षण गर्न स्थानीय सरकारले विशेष ध्यान दिनुपर्छ ।”

अध्यक्ष तिमिल्सिनाले कलाकारितालाई रोजगारीसँग जोड्न आवश्यक रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “गीत÷सङ्गीतमा लाग्ने यहीँ क्षेत्र पेसाबाट आत्मनिर्भर हुने गरी जोडिनुपर्छ”, उहाँले भन्नुभयो, “बल्ल कलाकार र कलाकारिता टिक्छ ।”

अध्यक्ष तिमिल्सनाले कला, संस्कृति हाम्रा पहिचान, पुँजीको रूपमा रहेको बताउनुभयो । उहाँले यस्ता सम्पत्तिलाई अन्य भाषामा समेत अनुवाद गरेर विश्वव्यापी प्रचार गर्नुपर्ने बताउनुभयो । उहाँले यसलाई कसरी आयआर्जनसँग जोड्ने, कसरी जीवन निर्वाहका रूपमा अगाडि बढाउने भन्नेमा ध्यान जानुपर्ने बताउनुभयो । उहाँले कला संस्कृतिलाई आयआर्जन र जीवन निर्वाहसँग जोड्न सके नयाँ पिँढीको यस्ता कार्यक्रममा सहभागिता बढ्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर