उपमेयरको गाडीले किचिएर १४ महिने बालिकाको घटनास्थलमै मृत्यु, बच्चा उपमेयरकै नातिनी ! — OSNepal

उपमेयरको गाडीले किचिएर १४ महिने बालिकाको घटनास्थलमै मृत्यु, बच्चा उपमेयरकै नातिनी !

LC (KTM) April 30, 2023 0

जनकपुरधाम । धनुषा जिल्लाको हंसपुर नगरपालिकाकी उपमेयर दुर्गा देवीको गाडीले किचेर १४ महिने बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।नगरपालिकाको वडा नं।९ रुदौली बस्ने रवीन्द्र मण्डलको छोरी अन्दाजी १४ महिनाकी लक्ष्मीनिया कुमारी मण्डलको गाडीले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बच्चा उपमेयरकै नातिनी पर्ने रहेको प्रहरीले जनाएको छ । प्रहरीले गाडी चालक शहिदनगर नगरपालिका–४ बस्ने ३० वर्षीय दीपेन्द्रकुमार रायसहित गाडी पनि नियन्त्रण लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर