गायक पोखरेल र गायिका रिमालको स्वरमा "साहुकी छोरी" गीत सार्वजनिक — OSNepal

गायक पोखरेल र गायिका रिमालको स्वरमा “साहुकी छोरी” गीत सार्वजनिक

LC (KTM) May 27, 2023 0

गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘साहुकी छोरी’ को भिडियो सार्वजनिक भएको जानकारी प्राप्त भएको छ। गुल्मीको रुपाकोटमा जन्मी बुटवलको मणिग्राममा स्थायी बसोबास गरी २००९ देखी अस्ट्रेलियाको सिड्नीमा बस्दै आएका गायक पोख्रलले ”साहुकी छोरी” सिंगल ट्र्याक आज सार्वजनिक गर्नु भएको थियो। विदेशमै रहे पनि गीत संगीतमा निरन्तर सक्रिय हुँदै आएका गायक पोखरेलले पहिलो औपचारिक गीत २००१ मा “जानु पर्‍यो नि म त लाहुर” बाट सुरुवात गरेका थिए । उनका करिब २ दर्जन भन्दा बढी गीत रेकर्ड भइसकेका छन् । विगतमा गरेका २ सोलो एल्बम ‘शीतल’, ‘अराइज’ हो भने अस्ट्रेलियाबाट सामूहिक गीति एल्बम ”उडान” पनि ६ वर्ष अगाडि रिलिज गरेका थिए ।

पोख्रेलका दर्शक श्रोताले मन पराएका रातो रिबन, काली मोरी, तिमी छैनौ त छैन शीतल, मैले झैँ मर्ने बारे सोध्छौ होला, कति बज्यो भनेर सोधम कि लगायत गीतहरू चर्चित छंन् । उनले अस्ट्रेलियामा हुने संगीतिक कार्यक्रममा प्रस्तुतसँगै विभिन्न सङितिक कार्यक्रमको आयोजना पनि गदै आइरहेका छन् । उनले गाएका पछिल्ला आफ्ना गीत संगीतहरु आफ्नै युट्युब च्यानलबाट रिलिज गरिरहेका छन् ।‘साहुकी छोरी’ गीतमा शिव पलास अधिकारीको शब्द, एस डी योगीको संगीत, रिकेश गुरुङको एरेन्ज रहेको छ भने भिडियोमा कमल सिंह, ललना चिमरिया र प्रकाश घिमिरे फिचर्ड छन् । मौसम हिमालीको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा नवीन घर्ती मगरको सम्पादन, बुद्ध थापाको छायाङ्कन छ । भिडियो हेर्न तल दिइएको लिंक मा क्लिक गरि हेर्न सक्नु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर