मुक्तिनाथ क्यापिटल लिमिटेडकाे संस्थापक सेयर बिक्रीमा — OSNepal

मुक्तिनाथ क्यापिटल लिमिटेडकाे संस्थापक सेयर बिक्रीमा

LC (KTM) June 12, 2023 0

काठमाडौ,  २९ जेठ । मुक्तिनाथ क्यापिटल लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । क्यापिटलका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्रीको लागि निवेदन दिएपश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संकलन गरी कम्पनीको प्रधान कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।उक्त सेयर खरिदको लागि तोकिएको म्यादभित्र कुनै पनि संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा अन्य ब्यक्ति तथा संस्थालाई सेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर