मिहनावारी भएका महिलालाई नदी पार गर्नै रोक लगाएपछि..

Posted By OSNepal, California, USA || Date: 12 January, 2018

एजेन्सी : संसारमा अनेक नियम हुन्छन् । हिजो मात्र श्रीलंकाले महिलालाई मदिरा किन्न अनुमति दिने निर्णय गरेको छ । संयुक्त राष्ट्र संघको नेतृत्व समेत गरिसकेको देश घानामा महिनावारी भएको बेलामा एउटा नदी पार गर्न रोक लगाइएको छ ।

आफिन नदीमा बनेको पुलबाट महिनावारी भएको बेलामा नदी पार गर्न रोक लगाइएको हो । यो प्रतिबन्धले माथिल्लो डेनकायरा इस्ट जिल्लाको मध्य क्षेत्रका बालिका महिनावारी भएको बेलामा विद्यालय जानबाट बञ्चित भएको भन्दै अधिकारकर्मीले विरोध गरेका छन् ।

संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन यूनेस्कोका अनुसार यो क्षेत्रमा औषतमा १० मध्ये एक छात्रा महिनावारीको कारण विद्यालय जानबाट बन्चित हुने गरेका छन्।

विश्व बैंकको तथ्याङक अनुसार घानाको १ दशमलव १५ करोड महिला महिनावारीको समयमा सरसफाई गर्नबाट बञ्चित छन् । उनीहरुलाई महिनावारी भएको बेलामा नुहाउन पनि नदिने चलन रहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!