पोलमा नग्न रोबोट डान्सको रोमान्स

Posted By OSNepal, California, USA || Date: 13 January, 2018

काठमाडौं : प्रविधिको उपयोग संसारमा मानिसले धेरै गरिसकेको छ । तर, अझै पनि मानिस प्रविधितर्फ नै जोड दिइराखेको छ ।अमेरिकाको लस भेगासस्थित कन्जुमर इलेक्ट्रोनिक्समा यो साता नयाँ दृश्य देखिउो । हेर्दा उनीहरु पनि वास्तविक नग्न नर्तकझैँ लाग्छन्, जो पोल वरिपरि घुमीघुमी नाचिरहेका छन्। तर ती नर्तक मानिस होइनन्, रोबोट थिए । यिनले नै दर्शकलाई मनोरञ्जन दिए । दर्शकले पनि खबु रुचाएर हेरे ।

प्रविधिको भरपुग उपयोग भइरहेका बेला सफायर जेन्टलमेन क्लबमा रोबोटहरुसँगै वास्तविक नर्तकीहरु पनि नाचिरहेका थिए । त्यहाँ वास्तविक मानिस र रोबोटबीच स्पष्ट फरक छुट्याउन सकिन्थ्यो । रोबोट नर्तकको टाउको नै सर्भिलेन्स क्यामराले बनेको छ। तिनको शरीरमा पनि कार पार्ट्स प्रयोग भएका छन्।

बेलायती कलाकार गाइल्स वाकरका उत्पादन हुन्, यी रोबोट नर्तक। उनले सर्भिलेन्स, शक्ति र नग्नतालाई अभिव्यक्त गर्न यस्तो रोबोट बनाएको बताएका छन् । क्लबका व्यवस्थापक पिटर फेन्स्टेनले आफ्नो क्लबका ग्राहकलाई विविधता दिन वाकर र उनका रोबोटलाई निम्त्याएको बताए।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!