द कपिल शर्मा शोमा किन कम पैसामा पनि काम गर्न राजी भइन् भारती सिंह ? खुलाइन् भित्री रहस्य — OSNepal

द कपिल शर्मा शोमा किन कम पैसामा पनि काम गर्न राजी भइन् भारती सिंह ? खुलाइन् भित्री रहस्य

LC (KTM) July 23, 2021 0

पपुलर कमेडि क्वीन भारती सिंहको हरेक कुरालाई लिएर उनका फ्यान एकदमै खुशी छन् । उनले कमेडी देखी लिएर टिभिको सुपरहिट रियालिटी शो को उद्घोषण गर्ने सम्मको काम एकदमै राम्रो ढंगले निर्बाह गरिरहेकी छिन् ।

उनी आफ्नो फ्यानको दिलमा राज गर्न सफल भएकी छिन् । भारतीले एक ठुलो जानकारी दिदै भनेकी छिन् कि कतिपय शो मा उनको फीसमा भारी कटौती भईरहेको छ तर पनि उनी खुशी छिन् । भारतीले बताए अनुसार रियालिटी शो डान्स दीवानेको लागि ७० प्रतिशत र द कपिल शर्मा शो का लागि ५० प्रतिशत सम्म कम पेमेन्ट मिलिरहेको छ ।

तर पनि आफु खुशी रहेको उनले बताईन् । पछिल्लो साल यस्तो समय थियो जब उनले कम पैसामा काम गर्नका लागि सोचेकी थिईन् । किनकी त्यो बेला लकडाउन चलिरहेको थियो ।

उनले भनिन्– टिभि तथा शो लाई स्पोन्सर मिलिरहेको छैन त्यतिबेला च्यानलले कहाँ बाट पैसा ल्याउन सक्छ ? हरकोही आफ्नो खुट्टामा उभिन चाहान्छ। एक पटक जब हामी राम्रो रेटिंग्स ल्याउँछौ तब स्पोन्सर पनि आफै वापस आउने र हाम्रो फीस पनि बढ्ने हो । तर उनले टेक्निसीयनको पैसा भने काट्न नहुने बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर