‘सहमतिको सरकार निर्माण गरिनेछ’ : मुख्यमन्त्री केदार कार्की — OSNepal

‘सहमतिको सरकार निर्माण गरिनेछ’ : मुख्यमन्त्री केदार कार्की

LC (KTM) October 19, 2023 0

मोरङ-कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले छिट्टै सहमतिको सरकार निर्माण गर्ने बताउनुभएको छ । प्रदेशसभामा विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले तिहार अगाडि सरकारलाई पूर्णता दिने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशमा चुनौती र समस्या धेरै रहेकाले सबै राजनीतिक दलको सहकार्य र सहयोगले सरकार सञ्चालन गर्ने बताउनुभयो । उहाँले वर्तमान अवस्थामा कोशी प्रदेशमा रहेको मन्त्रालयको सङ्ख्या वृद्धि नगर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशसभामा रहेका दलहरूले आफूलाई विश्वास गरेर मत दिएकाले यसप्रति सरकार जिम्मेवार हुने बताउनुभयो । उहाँले जनतालाई सङ्घीयताको सही कार्यान्वयन गरी विश्वास जागृत गराउने कार्यमा आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर