एमाले प्रदेश नम्बर १ र ३ को संसदीय दलको नेताको निर्वाचित हुँदै

Posted By OSNepal, California, USA || Date: 9 February, 2018

काठमाडौं : नेकपा एमालेले प्रदेश नम्बर १ र ३ मा संसदीय दलको नेता चुन्न आज चुनाव हुँदैछ । आकांक्षी धेरै भएपछि प्रदेश सांसदको चुनावबाट संसदीय दलको नेता चयन गर्न लागिएको हो ।

प्रदेश नम्बर १ मा नेकपा एमालेको संसदीय दलको नेता छान्न बिहान ११ बजेपछि मनोनयन दर्ता गर्न सकिने निर्वाचन कार्यालयले जनाएको छ ।

एमालेका भीम आचार्य, शेरधन राई र जीवन घिमिरेले संसदीय दलको नेतामा दावी गरिरहेका छन् । यस्तै प्रदेश नम्बर ३ मा अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे र डोरमणी पौडेलले संसदीय दलको नेतामा दावी गरेका छन् ।

चुनाब अघि प्रदेश नम्बर ३ को संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने प्रयास हुने नेताहरुले बताएका छन् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!