सिरहाको मिर्चैया नगरपालिकामा स्थानीयस्तरबाटै राहदानी वितरण सुरु — OSNepal

सिरहाको मिर्चैया नगरपालिकामा स्थानीयस्तरबाटै राहदानी वितरण सुरु

LC (KTM) January 18, 2024 0

सिरहा, ४ माघ : सिरहाको मिर्चैया नगरपालिकाले बुधबारदेखि स्थानीयस्तरबाटै राहदानी (पासपोर्ट) वितरण सेवा सुरु गरेको छ । नगरप्रमुख श्रवणकुमार यादवले मिर्चैया–६ की शर्मिलाकुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवा सुरु गर्नुभएको हो ।

“अब पालिकावासी राहदानीका लागि सदरमुकाम सिरहास्थित जिल्ला प्रशासन कार्यालय पटक–पटक धाउनुपर्ने बाध्यता हटेको छ”, नगरप्रमुख यादवले भन्नुभयो, “आगामी दिनमा यसलाई अझै प्रभावकारी र चुस्त बनाउने छौँ ।”

 

उहाँका अनुसार बायोमेट्रिकबाहेक आवेदनलगायतका सम्पूर्ण काम पालिकाबाटै हुने भएको छ । स्थानीयस्तरबाट राहदानी पाउने भएपछि स्थानीय खुसी भएका छन् । नागरिकलाई सहज होस् भनेर जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सो कार्यालयबाट प्राप्त राहदानी पालिकाबाट नै वितरण सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर