इटहरी उपमहानगरले पेट्रोलियम मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण गर्‍यो — OSNepal

इटहरी उपमहानगरले पेट्रोलियम मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण गर्‍यो

LC (KTM) January 21, 2024 0

सुन्दरहरैँचा (मोरङ-इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेपछि उपमहानगरले पेट्रोलबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रूपान्तरण सुरु गरेको उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बताउनुभयो ।

“इटहरी उपमहानगरपालिकाले यो कामको सुरूवात भएको छ”, प्रमुख पौडेलले भन्नुभयो, “पहिलो चरणमा दुई वटा पुरानो मोटरसाइकललाई सम्याति इलेक्ट्रो व्हील्स प्रालिको सम्झौता गरी विद्युतीयमा रूपान्तरण गरिएको छ ।” सो कम्पनीका सञ्चालक ई आदित्य आचार्यले पेट्रोलबाट चल्ने मोटरसाइकललाई विद्युतीयमा रुपान्तरण गर्न सम्भव भएको बताउनुभयो ।

सङ्घीय सरकारले मर्मत गरेर उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पूरा गरेका सवारी साधनलाई लागतका आधारमा विद्युतीय सवारी साधनमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेको उपमहानगरपालिकाका प्रवक्ता दिवस पोखरेलले बताउनुभयो । इटहरी उपमहानगरपालिकाले खाद्य वस्तुको गुणस्तर परीक्षणका लागि ल्याव समेत स्थापना समेत गरेको छ । खाद्य वस्तुमा मिसावट गरिने अखाद्य वस्तु पत्ता लगाउन इटहरीमै ल्याव स्थापना गरिएको नगर प्रमुख पौडेलले उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर