गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरे सरकारी निवास उद्घाटन — OSNepal

गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरे सरकारी निवास उद्घाटन

LC (KTM) January 25, 2024 0

गण्डकी, ११ माघ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कास्की जिल्लामा नवनिर्मित प्रमुख जिल्ला अधिकारीको सरकारी निवास उद्घाटन गरेका छन् ।

पोखराको सहिद चोकमा निर्मित भवनको सन् २०२२ मे २ मा निर्माण सम्झौता भएकामा सन् २०२३ जुलाई १५ मा सम्पन्न भएको थियो ।

कुल दुई करोड ३१ लाख ५४ हजार नौ सय ३४ मा निर्माण सम्झौता भएकामा यसको अन्तिम लागत दुई करोड ३३ लाख ६५ हजार एक सय ७२ रहेको छ । त्यस अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले जनताले अनुभूति गर्नेगरी सुशासनको प्रत्याभूति गराउनेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर