राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा — OSNepal

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

LC (KTM) March 28, 2024 0

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएको छ । उपाध्यक्ष अर्यालले राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष आज राजीनामापत्र बुझाउनुभएको हो ।

अर्याल २०७९ माघ २३ गते राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँले राजीनामा पत्रमा आफूले पदमा रहँदा इमान्दार भएर कर्तव्य निर्वाह गरेको उल्लेख गर्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिनुभएको छ ।अर्याल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर