९ वर्षकी सुदेश्ना शाक्यको स्वरमा `छुनुमुनु´ सार्वजनिक — OSNepal

९ वर्षकी सुदेश्ना शाक्यको स्वरमा `छुनुमुनु´ सार्वजनिक

admin April 03, 2024 0

राजधानीको डिएभी स्कुलमा कक्षा ३ मा अध्ययनरत ९ वर्षकी सुदेश्ना शाक्यको स्वरमा `छुनुमुनु´ बोलको बालगीत सुदेश्ना इन्टरटेन्मेण्ट प्रा. लि. को प्रस्तुतिमा साहस शाक्य युट्युब च्यानल मार्फत नेपाली साङ्गीतिक बजारमा सार्वजनिक भएको छ। मुकुन्द पौडेलको रचना रहेको गीतलाई चर्चित सङ्गीतसंयोजक साहस शाक्यले सङ्गीत भरेका छन्।

यस्तो पनि बेला हुन्छ छुनुमुनु गर्ने छुनुमुनु गर्ने

कहिले काखमा कहिले भुईँमा ढुनुमुनु गर्ने ढुनुमुन गर्ने

यस्तै यस्तै अत्यन्तै बालसुलभ शब्दहरु भएको गीतमा बुवाआमाको माया र महत्वलाई दर्शाउँदै बुवाआमा जत्तिको नजिकको नाता संसारमा अर्को नभएको बताइएको छ। प्रस्तुत गीतका सङ्गीतकार तथा सुदेश्नाका बुवा साहसले छोरीले गायनमा रुचि देखाएको हुँदा उनको प्रतिभालाई प्रस्फुटन गराउन यो गीत रेकर्ड गराएको हुँ भन्नुभयो। सामान्य तरिकाले स्टुडियो भर्सनमा छायाङ्कन गरिएको गीतको भिडियोलाई पिटर गुरुङले छायाङ्कन तथा सम्पादन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर