अस्पताल भर्ना भएका अध्यक्ष नेपालको स्वास्थ्यमा क्रमिक सुधार — OSNepal

अस्पताल भर्ना भएका अध्यक्ष नेपालको स्वास्थ्यमा क्रमिक सुधार

LC (KTM) September 30, 2021 0

काठमाडौँ, १४ असोज – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि, शिक्षण अस्पतालमा बुधबार भर्ना गरी उपचारका क्रममा हुनुहुन्छ । अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार आएर सामान्य कुरा गर्न थाल्नुभएको पार्टीका नेता जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष नेपाललाई केही दिनमै अस्पतालबाट डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । वरिष्ठ छातीरोग विशेषज्ञ डा सन्तकुमार दाससहितको टोली पूर्वप्रधानमन्त्री नेपालको उपचारमा संलग्न छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर