ओली त्यस्ता मान्छे हुन् जो मलामी जाँदा पनि बाजा बजाएर नाँच्दै हिड्न सक्छन् : प्रचण्ड — OSNepal

ओली त्यस्ता मान्छे हुन् जो मलामी जाँदा पनि बाजा बजाएर नाँच्दै हिड्न सक्छन् : प्रचण्ड

LC (KTM) September 20, 2021 0

काठमाडौं ४ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले नेकपा एमालेका अध्यक्ष केपी ओली जस्तो झुट बोल्ने नेता अहिले राजनीतिमा अरु कोही नभएको बताएका छन् ।

अरुलाई धोका दिने तर अरुलाई धोकेवाज भन्ने ओली जाली झेली नेता भएको भन्दै प्रचण्डले आज सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा आयोजित सूर्यनाथ राना मगरको ३६ औं स्मृति दिवस कार्यक्रममा टिप्पणी गरेका हुन् ।

‘केपी ओली जस्तो जाली झेली नेता अरु कोही छैनन, उनी जति झुट बोल्ने नेता अहिले राजनीतिमा अरु कोही छैनन,’ प्रचण्डले भने । कार्यक्रममा प्रचण्डले विचार सिद्दान्त भनेपछि पोलेर खाने जमात हरु मात्रै ओलीको एमालेमा रहेको बताएका छन् ।

‘हामीलाई ओली धोकेवाज हुन्, जालीझेली हुन् भनेर सिकाएको घनश्याम, योगेश , गोकर्ण लगायतका १० जनाको टोलीले सिकाएको हो । उहाँहरुले नै हामीलाई दहोसँग टेक्नुस भन्नुभयो , लास्टमा उहाँहरुले नै ओलीसँग आत्मसमर्पण गर्नुभयो,’ प्रचण्डले भने ।

ओली मलामी जादा पनि वाजा वजाएर नाच्दै जाने मान्छे भएको भन्दै प्रचण्डले ओलीसँग रिस धेरै उठेपनि अहिले धेरै नबोल्ने बताएका छन् ।

‘वालुवाटारवाट वाहिर निस्कनु भनेको हारेर निस्केको हुन्, उनले पञ्चेवाजा वजाएर निस्केका छन्, मान्छे फेरि त्यसमा पनि आनन्द मानेर हेरेर वसेका छन्, करोडौै खर्च गरेर मान्छे जम्मा गरेको पनि महिले सुन्न पाएको छु, तर त्यस्तो नौटंकी हामीले गर्नु छैन,’ प्रचण्डले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर