अर्घाखाँचीमा एक सय तीन घरगोठ जले — OSNepal

अर्घाखाँचीमा एक सय तीन घरगोठ जले

LC (KTM) April 26, 2024 0

अर्घाखाँची – अर्घाखाँचीमा आगोलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा जलेका छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले गत चैत एक गतेदेखि वैशाख १२ गतेसम्म जिल्लाभर एक सय तीन घरगोठ जलेका जानकारी दिनुभयो । वैशाख महिनामा मात्र जिल्लाभर ३१ स्थानमा आगलागी भएको पनि उहाँले बताउनुभयो ।

उहाँका अनुसार वन क्षेत्रमा लागेको आगोको लप्का बस्तीमा फैैलिएपछि ४२ घर पूर्ण र एक घरमा आंशिक क्षति भएको छ । अहिले आगलागी पीडित परिवार खुला आकाशमा बस्न बाध्य छन् । त्यसैगरी ५८ गोठ पूर्ण र दुई गोठमा आंशिक क्षति भएको, ५३ पशुचौपाया मरेका र १९ पशुचौपाया घाइते भएका, डढेलोमा एउटा मोटरसाइकल र दुईवटा साइकल पनि जलेका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ ।

त्यस्तै, चालु आर्थिक वर्षमा जिल्लाका एक सय १३ स्थानका दुई हजार १८ हेक्टर क्षेत्रफलमा डढेलो लागेका डिभिजन वन कार्यालयका वन अधिकृत यादव सापकोटाले बताउनुभयो । वन क्षेत्रमा घाटगद्दी गरिएका पाँच सय ८३ क्युफिट काठ जलेर नष्ट भएका उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर