ट्रकमा लुकाइ छिपाई भन्सार छली ल्याएको ६५ लाख बराबरको सामानसहति प्रहरी नियन्त्रणमा परे यि युवक — OSNepal

ट्रकमा लुकाइ छिपाई भन्सार छली ल्याएको ६५ लाख बराबरको सामानसहति प्रहरी नियन्त्रणमा परे यि युवक

LC (KTM) January 03, 2022 0

रु ६५ लाख बराबरको भन्सार छली ल्याएको खुद्रा सामान तथा औषधिहरू लोड रहेको ट्रकसहित एक जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा बुझाएको जनाएको छ ।

पुल नबन्दा हुलाकी राजमार्ग सञ्चालनमा अवरोध-पूर्व पश्चिम राजमार्गको विकल्पको रुपमा निर्माण सुरु भएको हुलाकी राजमार्गको झापा खण्ड निर्माणको अन्तिम चरणमा पुगे पनि पुल नबन्दा तत्काल सञ्चालनमा अवरोध देखिएको छ ।

राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ भने यहाँ आठ ठूला नदीमा पुल निर्माणाधीन छन् । तीमध्ये कनकाई, रतुवा, विरिङ र कमल खोलाका पुल सम्पन्न हुन समय लाग्ने र सानोमाई, लेहरा, कृष्णे र भुतेनी खोलाका पुल निर्माण अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर प्रमोद खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार विसं २०६८ मै हुलाकी सडक पर्ने कनकाई, रतुवा खोलाका पुल निर्माण सुरु गरिएको थियो तर, एक दशक बितिसक्दासमेत कार्य सम्पन्न नहुँदा राजमार्ग सञ्चालनमा अवरोध भएको हो । उहाँले मुलुकको राजनीतिक अस्थिरता र कोेरोना महामारीलगायतका कारणले पुल निर्माणमा ढिलाई भएको बताउनुभयो । “जति ढिलो हुनु भइसक्यो”, उहाँले भन्नुभयो, “आर्थिक वर्ष विसं २०७९÷०८० को अन्त्यसम्ममा सडकभित्र रहेका सबै पुल निर्माण भइसक्ने गरी काम भइरहेको छ ।” जिल्लामा साना ठूला खोलामा गरी करिब २५ मी लम्बाइदेखि ६२४ मी लामो पुल निर्माण भइरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर