प्रकाश र राधिकाको लोकदोहोरी गीत ‘राधा पियारी’मा यि चर्चित कलाकारहरुको अभिनय — OSNepal

प्रकाश र राधिकाको लोकदोहोरी गीत ‘राधा पियारी’मा यि चर्चित कलाकारहरुको अभिनय

LC (KTM) November 13, 2021 0

काठमाडौँ । चितवनका सञ्चारकर्मी तथा गायक प्रकाश ढकालको लोक दोहोरी गीत ‘राधा पियारी’ सार्वजनिक भएको छ । गायिका राधिका हमाल, निरु सुवेदी, गायक रविन लामिछाने र प्रकाश ढकालको स्वर रहेको राधा पियारी गीत ढकालले बुधवार युटुव च्यानल मार्फत सार्वजनिक गरेका हुन् । यस गीतको शव्द लेखन ढकालले नै गरेका हुन् ।

राधा पियारीको संगित संयोजन राकेश सोनीले गरेका छन् । १७ मिनेट रहेको भिडियोको निर्देशन शिव बिकेले गरेका छन् । म्यूजिक भिडियोमा यादव देवकोटा (सरापे) , उमेश राई(फुलन्देकी आमा), भिम केसी, माया चाहाल, मदन ढकाल, शुमन कार्की लगायतको अभिनय रहेको छ । म्यूजिक भिडियोको सम्पादन सुजन शाहीले गरेका छन् ।

राधा पियारीको म्यूजिक भिडियो प्रकाश ढकालको यूटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । २०६८सालमा लिलामाथि तमसा बोलको गीत ल्याएर संगित क्षेत्रमा लागेका ढकालले प्रभु छायाले, पातलि, नाँच घुमेर, झमझम रुमालमा, मायाँ प्रिम लगायतका दर्जन भन्दा बढी गीत बजारमा ल्याईसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर