भ्रष्टाचारको विषय उठाउने वडाध्यक्षलाई बैठकबाटै निकालियो — OSNepal

भ्रष्टाचारको विषय उठाउने वडाध्यक्षलाई बैठकबाटै निकालियो

LC (KTM) November 16, 2021 0

विराटनगर । स्थानीय तहमा भ्रष्टाचार व्याप्त रहेको कुरा महालेखा परीक्षकको कार्यालयको ५८ औं प्रतिवेदनमा पनि उल्लेख छ । प्रतिवेदनमा स्थानीय तहका जनप्रतिनिधिले भ्रष्टाचार नियन्त्रणमा तदारुकता देखाउनु पर्ने औंल्याएको पनि छ ।

तर, मोरङ पथरीशनिश्चरेका एक जना वडाध्यक्षले भ्रष्टाचारको विषय उठाउँदा बैठकबाटै निकालिनु परेको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले पत्रकारहरूको समेत सहभागितामा आयोजना गरेको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक समीक्षा बैठकबाट वडाध्यक्षलाई निकालिएको छ ।

नगर प्रमुख दिलीपकुमार राईको निर्देशनमा वडा नं. ४ का वडाध्यक्ष गोविन्दबहादुर भण्डारीलाई नगर प्रहरीहरूले पाखुरामा समातेर बाहिर निकालेका हुन् । बैठकमा भण्डारीले नगरपालिकामा चरम भ्रष्टाचार भएको भन्दै त्यसको छानविन गर्नु पर्ने माग गरेका थिए ।

भण्डारीले मेयर, उप मेयर र प्रशासकीय अधिकृत चढ्ने गाडीको ३ लाख रुपियाँ सम्मको मर्मत खर्च बीना इष्टमेट भएको दाबी गरे । उनले चालु आर्थिक वर्षको ४ महिनामा नगरपालिकामा ४२ लाख रुपैयाँको इन्धन खरिद भएको दाबी गर्दै ईन्धन प्रयोग गर्नेको नाम र गाडी नम्बर प्रस्तुत गर्न बैठकमै चुनौति दिएका थिए । त्यस्तै ५० लाखको रुपैयाँको फर्निचर नगरकार्य पालिकाको निर्णय बिना खरिद गरेको उनको दाबी थियो ।

वडाध्यक्षले भ्रष्टाचारको विषयमा जवाफ माग गर्न नछोडेपछि उनलाई निकालिएको थियो । त्यसपछि नगर प्रमुख राईले कार्यप्रगति विवरण प्रस्तुत गरेका छन् । उनले कार्तिक मसान्तभित्र अघिल्लो आर्थिक वर्षको कार्यप्रगति विवरणको समीक्षात्मक कार्यक्रम सम्पन्न गर्नुपर्ने सरकारी प्रावधान अनुरुप कार्यपालिका सदस्य, शाखाहरुका प्रमुख, वडा सचिव सहित सहभागि भई नगरले गरेका कामको समीक्षा गरेको बताए ।

नगरप्रमुखले ठूलो मूल्य चुकाउने माओवादीको चेतावनी
यसैबीच उक्त घटनाको विरोध गर्दै माओवादी केन्द्र मोरङका संयोजक गणेश उप्रेतीले यसको ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन् । ‘पथरी शनिश्चरे ४ का वडा अध्यक्षले उठाएका भ्रस्टाचारका प्रश्नको जबाफ नदिइ उनी माथि नगरपालिका प्रमुखलगायतले गरेको दुव्र्यवहार आपत्तीजनक छ,’ उप्रेतीले सामाजिक संजाल फेसबुकमा उल्लेख गरेका छन्, ‘यसको घोर भत्र्सना गरिन्छ, यो दुव्र्यवहारको चर्को मूल्य पर्ने छ ।’ भण्डारी माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन् । नगरप्रमुख राई भने नेकपा एमालेका १० बुँदे पक्षधर हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर