राजधानीमा दर्जनौं प्रदर्शनकारीहरूमाथि अश्रुग्यास प्रहार — OSNepal

राजधानीमा दर्जनौं प्रदर्शनकारीहरूमाथि अश्रुग्यास प्रहार

LC (KTM) November 18, 2021 0

खार्तुम, मङ्सिर २-सुडानी सुरक्षा बलले बिहीबार बिहान राजधानी खार्तुममा ब्यारिकेडहरू लगाएका दर्जनौं प्रदर्शनकारीहरूमाथि अश्रु ग्यास प्रहार गरेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।
उत्तरी खार्तूममा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ जहाँ प्रदर्शनकारीहरूले रातभरि विरोध प्रदर्शन जारी राखेका थिए।

गत महिना सेनाले कब्जामा लिएपछि कू विरोधी बुधबारको प्रदर्शनी सबैभन्दा घातक र आक्रामक देखिएको बताइएको छ।चिकित्सकहरूले जनाएअनुसार बुधबारको प्रदर्शनमा कम्तीमा १५ जना प्रदर्शनकारीको मृत्यु भएको र तीमध्ये अधिकांश उत्तरी खार्तुममा थिए । (रासस-एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर