टी ट्वान्टी विश्वकप क्रिकेटमा अफगानिस्तान संग स्कटल्यण्ड १३० रनको फराकिलो अन्तरले पराजित — OSNepal

टी ट्वान्टी विश्वकप क्रिकेटमा अफगानिस्तान संग स्कटल्यण्ड १३० रनको फराकिलो अन्तरले पराजित

LC (KTM) October 25, 2021 0

आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटमा आज सम्पन्न एक मात्र खेलमा अफगानिस्तान बिजयी भएको छ । युएईको सारजाहमा आज राती सम्पन्न खेलमा स्कटल्याण्डलाई १ सय ३० रनको फराकिलो अन्तरले पराजित गर्दै अफगानिस्तानले बिजयी सुरुवात गरेको हो । पहिला ब्याटिंग गरेको अफगानिस्तानले स्कटल्याण्डलाई १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

लक्ष्य पछ्याउँदै जवाफी ब्याटिंगमा उत्रिएको स्कटल्याण्ड १० ओभर २ बलमा अलआउट हुँदै मात्रै ६० रनमा समेटिएको थियो । स्कटल्याण्डका जर्ज मुन्सेले २५ रन जोड्दा क्रिस ग्रेभिसले १२ रन बनाए ।यस्तै कप्तान केली कोट्जरले १० रन बनाए पनि अरुले संझन लायक प्रर्दशन गरेनन् । अफगानिस्तानका लागि मुजिब उर रहमान एक्लैले ५ विकेट चड्काए ।

राशिद खानले ४ तथा नभिन उल हकले १ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९० रनको योगफल तयार पारेको थियो ।अफगानिस्तानका लागि नाजिबउल्लाह जाड्रनले ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।रहमानउल्लाह गुर्बाजले ४६ रन जोड्दा हज्रातउल्लाह जाजईले ४४ रन बनाएका थिए । स्कटल्याण्डका साफ्यन शारिफले २ तथा जोस डेभि र मार्क वाटले एक एक विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर