गायक यम बरालको स्वरमा आयो खुशीको गीत — OSNepal

गायक यम बरालको स्वरमा आयो खुशीको गीत

LC (KTM) October 25, 2021 0

आधुनिक तथा चलचित्रका गीतहरुमा आफ्नो सुमधुर स्वर दिएर चर्चा कमाइसकेका गायक यम बरालको नयाँ गीत सार्वजनिक भएको छ । उनको ‘खुसीको गीत’ बोलको गीत बुढासुब्बा डिजिटलको युट्युबमार्फत सार्वजनिक भएको हो । नेपाली गीत संगीतमा लामो समय देखी आफुलाई उभ्याउन सफल राजकुमार बगरको संगीतमा रहेको यस गीतको रचना वीरेन्द्रकुमार बलामीले गरेका छन् ।

यस गीतलाई सौरागले संयोजन गरेका हुन् । यम बरालका फ्यानहरुका लागि उनको स्वरमा सजिएको यो गीत सार्वजनिक भएको हो । संचारकर्मी कुमार आचार्यको निर्देशन रहेको यस गीतको म्युजिक भिडियोमा रमेश क्षेत्री, रितिष्का क्षेत्री र अनामिका कार्कीको अभिनय रहेको छ । अमृत पाण्डेको छायांकन रहेको भिडियोलाई विशाल बिसीले सम्पादन गेरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर