ताजा जनादेश रोक्ने भनेको हत्केलाले सूर्यलाई छेकेजस्तै हो : अध्यक्ष ओली — OSNepal

ताजा जनादेश रोक्ने भनेको हत्केलाले सूर्यलाई छेकेजस्तै हो : अध्यक्ष ओली

LC (KTM) October 26, 2021 0

काठमाडौं ९ कात्तिक । नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेश रोक्ने भनेको हत्केलाले सूर्यलाई छेकेजस्तै हो भनेका छन् ।

ढिलो–चाँडो तीनवटै तहको चुनाव हुने बताएका उनले चुनावका लागि तयार रहन कार्यकर्ताहरूलाई समेत निर्देशन दिएका छन् । पार्टीको पालिकास्तरीय अधिवेशनको उद्घा टन गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।

उद्घाटन गर्ने क्रममा ओलीले भने, ‘ताजा जनादेश रोक्ने भनेको हत्केलाले सूर्यलाई छेकेजस्तै हो । फेरि त जानुपर्छ । अब हामी चुनावतर्फ जाँदैछौं । तीनै तहका चुनावका लागि तयार रहनुपर्छ,’ ।

आफ्नो एमाले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्ने पार्टीको भएको जिकिर गरेका उनले अरु पार्टी स्वार्थमा रुमलिएको बताएका छन् ।

‘विगतमा हाम्रो विरुद्ध षड्यन्त्र हुँदा पनि हामी जिम्मेवार भूमिकामा प्रस्तुत भयौं । फेरि पनि जिम्मेवार भूमिकामै हुनेछौं ’ ओलीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर