अबको निर्वाचन मेरो लागि अन्तिम हुन सक्छ : अध्यक्ष प्रचण्ड — OSNepal

अबको निर्वाचन मेरो लागि अन्तिम हुन सक्छ : अध्यक्ष प्रचण्ड

LC (KTM) October 26, 2021 0

काठमाडौं ९ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन गृहजिल्ला चितवनबाटै लड्ने स्पष्ट पारेका छन् ।

मंगलबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले यस्तो घोषणा गरेका हुन् ।

आफ्नो लागि आगामी चुनाव अन्ति हुने बताएका अध्यक्ष प्रचण्डले भने, ‘सायद अबको निर्वाचन मेरो लागि अन्तिम हुन पनि सक्छ, पाँच वर्षको लागि, तर म चितवन छोड्दिनँ । चितवनका जनतालाई कुनै भ्रम र द्विविधा नहोस् म चितवन छोडेर अन्त जाँदिनँ ।’

सम्मेलनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले गठवन्धन भित्र कुनै समस्या नभएको समेत स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर