अमेरिका बेलायत र भारतको लागि नयाँ राजदुत सिफारिस — OSNepal

अमेरिका बेलायत र भारतको लागि नयाँ राजदुत सिफारिस

LC (KTM) October 28, 2021 0

काठमाडौं ११ कात्तिक । सत्तागठवन्धन सरकारले अमेरिका बेलायत र भारतको लागि नयाँ राजदुत सिफारिस गरेको छ ।

आज बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले तिन देशको लागि राजदुतमा सिफारिस गरेको हो ।

अमेरिकाको लागि श्रीधर खत्री, बेलायतको लागि ज्ञानचन्द्र आचार्य र भारतमा डा। शंकर शर्मा नाम सिफारिस गरिएको छ ।

सत्तागठवन्धन सरकारले नेतृत्व गरेसँगै यी तिन देशको राजदुतलाई फिर्ता बोलाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर