संवैधानिक विधिबाट नियुक्त भएका प्रधानन्यायाधीशको राजीनामा सडकबाट माग्नु गलत : नेकपा एमाले — OSNepal

संवैधानिक विधिबाट नियुक्त भएका प्रधानन्यायाधीशको राजीनामा सडकबाट माग्नु गलत : नेकपा एमाले

LC (KTM) October 28, 2021 0

काठमाडौं ११ कात्तिक । नेकपा एमालको प्रवक्ता प्रदीप ज्ञवालीले न्यायालयमा जे भइरहेको छ, त्यो दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

बिहिबार पार्टीको स्थायी कमिटिको बैठक पछि बाहिरिने क्रममा प्रवक्ता ज्ञवालीले न्यायलयको आजको समस्याको चुरो भनेको केही निश्चित राजनीतिक दलहरु वा नेताहरुको स्वार्थका लागि न्यायालयका केही व्यक्तिले गरेको एक खालको अपवित्र साठगाँठ अर्थात न्यायालय र राजनीतिको अपवित्र गठबन्धन ले भएको भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले भनेका छन्,’सडकबाट फैसला गर्ने, प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई नियुक्त गर्ने पनि एउटा संवैधानिक विधि छ, हटाउने पनि संवैधानिक विधि छ । त्यो भन्दा बाहिरबाट जानु हुँदैन । त्यो संवैधानिक विधिबाट अगाडि बढ्नुपर्छ । संवैधानिक बाटोभन्दा बाहिरबाट गरिने यो खालका गतिविधिहरु गलत छन् र त्यसमा नेकपा एमालेको सहभागिता हुन सक्दैन’ ।
न्यायाधीशहरुको गुटबन्दीको शिकार सर्वसाधारण सेवाग्राही परेको भन्दै ज्ञवालीले न्यायालयमा जुन ढंगको प्रदूषण भित्रिएको छ, गुटबन्दी देखा परेको छ, चरम अराजकता व्यप्त भएको छ यसमा आफ्नो पार्टी दुखीद भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर