म प्रधानमन्त्री हुँदा डेढ लाखको खाटमा सुत्यो भनियो तर ओलीले त बालुवाटारलाई विदेशी सामानले दरवार नै बनाएका रहेछन् : अध्यक्ष प्रचण्ड — OSNepal

म प्रधानमन्त्री हुँदा डेढ लाखको खाटमा सुत्यो भनियो तर ओलीले त बालुवाटारलाई विदेशी सामानले दरवार नै बनाएका रहेछन् : अध्यक्ष प्रचण्ड

LC (KTM) October 29, 2021 0

काठमाडौं १२ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा विदेशबाट करोडौंको सामान ल्याएको बताएका छन् । शुक्रबार चितवनको भरतपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो खुलासा गरेका हुन् ।

ओलीले आफु प्रधानमन्त्री हुँदा ‘थाइल्याण्ड, इटाली, रोमबाट महँगा सामान बाुलवाटारमा ल्याई थुपारेको भन्दै त्यो सार्वजनिक हुने समेत बताएका छन् ।

वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले समेत बालुवाटाराको त्यस्ता सामान देखेर जिब्रो काटेको बताएका उनले अघि भनेका छन् , ‘थाइल्याण्ड, इटाली, रोमबाट यति महँगा महँगा सामान ल्याएर त्यहाँ थुपारेको रहेछ हेर्नुस् । त्यो देख्दा अरु त अरु शेरबहादुर देउवाले जिब्रो टोक्नु भाछ रे ।नुहाउनका लागि ल्याएको अरबौं, करोडौंको छ ।’

आफु प्रधानमनत्री हुँदा डेढ लाखको खाट प्रयोग गर्यो भनेर हल्ला चलाइएको विषयमा समेत अध्यक्ष प्रचण्डले खण्डन गरेका छन् । बालुवाटार निवास दरबार जस्तो बनाइएको बताइएका उनले यस विषयमा गठवन्धनमा समेत छलफल भएको बताएका छन् ।

‘सधैं आफु प्रधानमन्त्री बन्छु भन्ने सोचेका ओलीलाई अब जनताले चिन्नु पर्यो प्रचण्डले अघि भने, ‘आउने चुनावमा के सजायँ दिनुपर्ने हो जनतालाई नै फैसला गर्न दिनुपर्यो । यो कुरा अझ बिस्तारै आउँदैछ के के सामान भन्ने कुरा ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर