महाधिवशेनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या बढाएर १ हजार ९९९ पुग्यो — OSNepal

महाधिवशेनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या बढाएर १ हजार ९९९ पुग्यो

LC (KTM) October 29, 2021 0

काठमाडौं १२ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दशौँ महाधिवशेनमा सहभागी हुने प्रतिनिधिहरुको छनोट संख्या बढाइएको छ ।

शुक्रबार बसेको केन्द्रिय कमिटिको बैठकले १५ सय ३६ जनाबाट १९ सय ९९ पुर्याएको हो ।

बैठकमा उपाध्यक्ष भीम रावल, केन्द्रीय सदस्यहरु हिक्मत कार्की, झपट रावललगायतले भूगोलबाट आउने प्रतिनिधिहरुको संख्या बढाउन माग गरेका थिए ।

सोही अनुरुप मंसिर १० देखि १२ गते सम्म चितवनमा हुने महाधिवेशनको लागि प्रतिनिधिको छनोट कात्तिक २९ गते गर्ने निणर्य समेत बैठकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर