बैठकमा ओली र रावलबिच भनाभन ओलीले भने-तपाईंले सक्नु भएन राजीनामा दिनु भयो त म के गरौँ ? — OSNepal

बैठकमा ओली र रावलबिच भनाभन ओलीले भने-तपाईंले सक्नु भएन राजीनामा दिनु भयो त म के गरौँ ?

LC (KTM) October 29, 2021 0

काठमाडौं १२ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष डा भीम रावल र अध्यक्ष केपी शर्मा अ‍ोलीबिच बैठकमा नै भनाभन भएको छ । शुक्रबार बसेको केन्द्रिय कमिटिको बैठकमा दूई नेता बिच १० बुँदे सहमति कार्यान्वयन नभएको विषयमा भनाभन भएको हो ।

बैठकमा रावलले १० बुँदे सहमति कार्यान्वयन नभएको प्रशंग उठाएपछि ओलीले त्यसमा हस्तक्षेत परेका थिए । ओलीले आफैले काम गर्न सकिन भनेर राजीनामा दिएपछि अब १० बुँदेको औचित्य सकिएको स्पष्ट पारेका थिए ।

‘तपाईंले सक्नु भएन राजीनामा दिनु भयो त म के गरौँ ? अब राजीनामा दिएपछि कार्यदल पनि सकियो, १० बुँदेको उपदेयता पनि सकियो । किन कार्यदल चाहियो । तपाईंले राजीनामा दिएपछि कार्यदल नै सकियो ।’ ओलीले रावललाई प्रश्न गर्दै भने ।

तर रावलले ओलीलाई कार्यान्वयन नभएपछि राजीनामा दिएको बताएका थिए । यस भन्दा अघि पनि यी दुई नेता बिच भनाभन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर