इलाम उपनिर्वाचनः फाकफोकथुम-१ र २ को मतगणना सम्पन्न — OSNepal

इलाम उपनिर्वाचनः फाकफोकथुम-१ र २ को मतगणना सम्पन्न

LC (KTM) April 28, 2024 0

फिक्कल (इलाम), १६ वैशाखः इलाम-२ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । फाकफोकथुम गाउँपालिका-१ र २ को दुई हजार आठ सय ३६ मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार एक सय ४५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले एक हजार ६३ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले तीन सय ११ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले दुई सय नौ मत प्राप्त गर्नुभएको छ ।

शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । सो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए ।
उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर