विदेशी नागरिकता लिइसकेका नेपालीलाई मताधिकार दिन सकिँदैन : प्रधानमन्त्री देउवा — OSNepal

विदेशी नागरिकता लिइसकेका नेपालीलाई मताधिकार दिन सकिँदैन : प्रधानमन्त्री देउवा

LC (KTM) October 31, 2021 0

काठमाडौं १४ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी नागरिकता पाएका नेपालीहरुले मताधिकार दिन नमिल्ने बताएका छन् । गैरआवासिय गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘विदेशी नागरिकता लिइसकेका नेपालीलाई तत्काल मताधिकार दिन सकिँदैन। त्यसका लागि संविधान नै बद्ल्नुपर्ने हुन्छ, यो तत्काल सम्भव छैन’ देउवाले उक्त कार्यक्रममा भने ।

त्यहाँस्थित नेपालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मतदान बाहेक अन्य सेवा सुविधा भने उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर