भारतले ५ अर्ब डोज कोभिड खोप विकास गर्ने मोदीको दाबी — OSNepal

भारतले ५ अर्ब डोज कोभिड खोप विकास गर्ने मोदीको दाबी

LC (KTM) October 31, 2021 0

रोम, १४ कात्तिक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले ५ अर्ब डोज कोभिड खोप विकास गर्ने दाबी गरेका छन् । इटालीको राजधानी रोममा औधोगिक देशहरुको समूह जी २० सम्मेलनका क्रममा प्रधानमन्त्री मोदीले आगामी वर्षको अन्त्य सम्ममा भारतले ५ अर्ब डोज खोप विकास गर्ने दाबी गरे । भारतले विकास गरेको खोपले विश्वलाई महामारीविरुद्ध लड्न सहयोग गर्ने उनको भनाई छ ।

विश्वमा अझै पनि कोभिड खोपको अभावमा धेरै मानिसहरुको मृत्यु भइरहेको छ । अफ्रिकाका आधाभन्दा बढी मानिसमा खोपको पहुँच छैन् ।

सो अवसरमा प्रधानमन्त्री मोदीले भारतलाई आर्थिकरूपमा पुर्नजीवित पार्न र आपूर्ति सहज गर्न भारतलाई साझेदार बनाउन जी २० का अन्य नेतासँग अपिल गरेका थिए । महामारीका बाबजूद विश्वसनीय आपूर्ति सञ्जालमा भारत विश्वासनीय साझेदार देश प्रमाणित भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर