यात्रुवाहक भ्यान दुर्घटना हुँदा ४ जनाको मृत्यु, ९जना घाइते — OSNepal

यात्रुवाहक भ्यान दुर्घटना हुँदा ४ जनाको मृत्यु, ९जना घाइते

LC (KTM) October 31, 2021 0

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आइतबार भएको सवारी दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको उद्धार अधिकारीहरूले बताएका छन् । करिब २० यात्रु बोकेको यात्रुवाहक भ्यान प्रान्तको अट्टक जिल्लामा दुर्घटना भएको उक्त क्षेत्रका उद्धार अधिकारीहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् ।

तीव्र गतिमा रहेको उक्त भ्यान चालकले एक्कासी ब्रेक लगाउँदा अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । उक्त यात्रुवाहक भ्यान रावलपिण्डी जिल्लातर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । दुर्घटनापछि प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा पु¥याएका छन् । प्रहरीले जनाएअनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर