खोप लगाएका पर्यटकलाई इजरायलमा प्रवेश खुल्ला — OSNepal

खोप लगाएका पर्यटकलाई इजरायलमा प्रवेश खुल्ला

LC (KTM) November 02, 2021 0

जेरुसेलम-खोप लगाएका पर्यटकलाई सोमबारदेखि इजरायल प्रवेश खुल्ला गरिएको छ । कोरोनाभाइरसको महामारीका कारण विदेशी पर्यटकहरूलाई देश प्रवेश बन्द गरिएकोमा झन्डै २० महिनापछि प्रवेश खुल्ला गरिएको हो ।

पर्यटकहरूलाई खुल्ला गरिएसँगै महामारीका कारण सङ्कटमा परेको देशको अर्थतन्त्र उकास्न केही सहयोग पुग्ने अपेक्षा गरिएको छ । सरकारले विदेशी पर्यटकहरूलाई इजरायल आउन दिने भएपछि व्यवसायीहरू खुशी भएको समाचारमा जनाइएको छ ।(रासस÷एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर