नबिल बैंकले गर्‍याे ३८ प्रतिशत लाभांश दिने घोषणा — OSNepal

नबिल बैंकले गर्‍याे ३८ प्रतिशत लाभांश दिने घोषणा

LC (KTM) November 03, 2021 0

काठमाडौं – नबिल बैंकले ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ३३ दशमलव ६ प्रतिशत बोनस सेयर र करसहित ४ दशमलव ४ प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले घोषणा गरेको सो लाभांश चार वर्ष यताकै उच्च हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ बाट बैंकले ३५ दशमलव २६ प्रतिशत लाभांश दिएको थियो । उक्त्र प्रतवित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीले पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर