'विगतमा गिरिजाको खोजी भए जस्तो भविष्यमा उत्पन्न हुने संकट समाधान गर्न ओली कै खोजी गर्नुपर्ला' — OSNepal

‘विगतमा गिरिजाको खोजी भए जस्तो भविष्यमा उत्पन्न हुने संकट समाधान गर्न ओली कै खोजी गर्नुपर्ला’

LC (KTM) May 25, 2021 0

काठमाडौं ११ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले अहिलेको राजनीति गिरिजाप्रसाद कोइरालाका विरुद्धमा केन्द्रीत रहेको समयको जस्तो भएको बताएका थिए । प्रधानमन्त्री समेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओली विरुद्धमा जस्तै अढाई दसक पहिले नेपाली राजनीति गिरिजाप्रसाद कोइरालाका विरुद्धमा केन्द्रीत भएको समाजिक सञ्जाल मार्फत मन्त्री पोखरेलले बताएका हुन् ।

ओलीमाथि बढेको घेराबन्दीले ओली माथि सर्वसाधारणहरुको साहनुभुति बढेको मन्त्री पोखरेलेको दावी रहेको छ । सामाजिक सञ्जालमा लेखेका छन् , अहिले केपी शर्मा ओलीका विरुद्धमा जस्तै अढाई दसक पहिले नेपाली राजनीति गिरिजाप्रसाद कोइरालाका विरुद्धमा केन्द्रीत थियो ।त्यतिवेला उहाँको तिव्र विरोधसंगै नेपाली राजनीतिक परिस्थिति झनै जटिल वन्दै गयो । मुलुक वहुआयामिक द्वन्द्वको शिकार वन्न पुग्यो ।

पछि नेपाली राजनीतिलाई ट्रयाकमा ल्याउन सबैले उहाँको खोजी गर्नु पर्यो । अहिले नेपाली राजनीति पुनः त्यहीवाटो हिड्न लागिरहेको भान भइरहेको छ ।’

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर