माधव नेपाल भन्छन् 'कसैले भ्रम नपाले हुन्छ, छिटै चुनाव हुँदैन' — OSNepal

माधव नेपाल भन्छन् ‘कसैले भ्रम नपाले हुन्छ, छिटै चुनाव हुँदैन’

LC (KTM) November 04, 2021 0

काठमाडौ, १८ कात्तिक । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले संघीय संसदको चुनाव आफ्नै समयमा हुने बताएका छन् ।

मध्यपुर थिमि नगर कमिटीको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले चाँडै चुनाव हुन्छ भनेर भ्रममा नपर्न आग्रह गरे ।

‘कसैले भ्रम नपाले हुन्छ आजै चुनाव हुन्छ, छिटै चुनाव हुनेवाला छैन । संघीय संसदको चुनाव आफ्नै समयमा हुनेछ,’ उनले भने ।

नेता नेपालले आगामी चुनावमा पाँच दलको गठबन्धन बलियो हुने दाबी गरे । ‘पाँच दलको गठबन्धन बलियो हुनेछ । पाँच दलीय गठबन्धन कसैले भत्काउन सकिँदैन,’ उनले भने ।

अब केही समयमा राष्ट्रियसभाको, स्थानीय तहको र रिक्त स्थानमा संघीय उपनिर्वाचन हुन लागेको भन्दै नेता नेपालले कलम छाप चिन्ह भएको एकीकृत समाजवादीको विजयी अभियान अगाडि बढ्दै जाने जिकिर गरे ।

‘कलम छापको अभियान अघि बढ्दै जान्छ । पार लगाइन्छ जितिन्छ सफलता हात पारिन्छ,’ उनले भने, ‘निर्वाचनको मैदानमा विभिन्न ठाउँको आंकलन गरिरहेका छौं । हामी जित्नेछौं । हामीसँग इर्स्या गर्नेहरुको हालत खत्तम हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर