एमालेमा छँदा माधव नेपालको समुहमा रहेका तर नेकपा एसमा नगएका नेताहरुलाई दिए माधव नेपालले यस्तो सन्देश — OSNepal

एमालेमा छँदा माधव नेपालको समुहमा रहेका तर नेकपा एसमा नगएका नेताहरुलाई दिए माधव नेपालले यस्तो सन्देश

LC (KTM) November 04, 2021 0

काठमाडौ, १८ कात्तिक – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा रहेका १० भाईलाई नेकपा एसमा आउन आह्वान गरेका छन् ।

एमालेमा गएर पछुताइरहेको भन्दै अध्यक्ष नेपालले अझै केही नबिग्रिएको र पार्टीमा आउन आग्रह गरे ।

‘त्यहाँ गएर पनि पछुताइरहेका छन् । ठिक छ तपाईहरुले हेर्नुभयो, भोग्नुभयो, छाम्नुभयो, पीडा सहनुभयो । अब त फर्केर आए पनि हुन्छ । स्वागत छ,’ मध्यपुर थिमिमा आयोजित शुभकामना आदानप्रदानमा उनले भने ।

अध्यक्ष नेपालले आफूहरुसँग इर्स्या गर्नेहरुको हालत खत्तम हुने भन्दै त्यस्ताहरुको पछि कोही नलाग्न अनुरोध गरे । ‘राम्रो पार्टीमा आउनुस् । हामीसँग आउनुस्,’ उनले भने, ‘हामी सहि निष्कर्ष पुग्ने, सही बाटोमा पुग्ने पार्टी हो । कलम छापलाई जिताउने हो । समाजवादमा जाने हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर