जसले जे भनेपनि कुरा नपत्याउनुस्, अधिवेशन समयमा हुन्छ, तयारीमा लाग्नुहोस् : प्रधानमन्त्री — OSNepal

जसले जे भनेपनि कुरा नपत्याउनुस्, अधिवेशन समयमा हुन्छ, तयारीमा लाग्नुहोस् : प्रधानमन्त्री

LC (KTM) November 05, 2021 0

भक्तपुर १९ कात्तिक । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन तोकिएको समयमै हुने स्पष्ट पारेका छन् । महाधिवेशन आफ्नो हातमा नभएको बताएका उनले निर्वाचन समितिले पार्टीको महाधिवेशन समयमै गराउने विश्वास दिलाएका छन् ।

जित र हारले पार्टी भित्र दुश्मनी बढाउनु नहुने बताएका उनले पार्टी महाधिवेशन स्वस्थ रुपमा हुनुपर्ने समेत बताएका छन् ।

शुक्रबार भक्तपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री देउवाले भने, ‘अहिले पार्टी अधिवेशन आउँदै छ, यसमा देशभरबाट सर्वसम्मतिमा सभापति बनाउनुस्, हुँदै हुँदैन भने स्वस्थ प्रतिष्पर्धाबाट सभापति बनाउनुस्, त्यसमा जित हार हुन्छ, हार्नेले जित्नेको सहयोग र जित्नेले हार्नेको सहयोग दिनुपर्ने हुन्छ, र जित हारमा दुश्मनी नबढोस्, पार्टी भित्रको मामिला हुनाले जित हारमा दुश्मनी नबढोस्।’

अधिवेशन हुनुपर्छ, जसले जे भनेपनि कुरा नपत्याउनुस्, अधिवेशन समयमा हुन्छ, हुन्छ, अब अधिवेशन पार्टी सभापतिको हातमा छैन भन्दै देउवाले महाधिवेशन निर्वाचन समितिको हातमा रहेको छ , आफुले चाहेर पनि केहि नुहने बताएका छन् ।

साथै, अधिवेशनको तयारीमा लाग्न समेत उनले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर