देउवाको भनाईलाई खण्डन गर्दै प्रचण्डले भने-उपाय निकाल्छौँ भनेर लेखेको चिठी हो, एमसीसी पास गछौँ भनेर होइन — OSNepal

देउवाको भनाईलाई खण्डन गर्दै प्रचण्डले भने-उपाय निकाल्छौँ भनेर लेखेको चिठी हो, एमसीसी पास गछौँ भनेर होइन

LC (KTM) November 05, 2021 0

काठमाडौँ १९ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्छौं भनेर चिठ्ठी नलेखेको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफु र प्रचण्ड मिलेर एमसीसी पास गछौं भनेर चिठी लेखेका बताएपछि चौतर्फी चर्चाको विषयमा बनेको बेला अध्यक्ष प्रचण्डले भने यसको खण्डन गरेका हुन् ।

आफ्नो निवासमा देउसी फैलो खेल्न गएका सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हिजो शेरबहादुरजीले कहाँ के बोलिदिनुभएछ, प्रचण्डजी र मैले चिठ्ठी पठासकेको छु भनेर । देशैभरि साथीहरुको तरंग पैदा भएको छ । हामीले त्यस्तो चिठ्ठी पठाएको होइन ।’

आफुहरुले देशमा सबै दलहरूसँग छलफल नगरी राष्ट्रिय सहमति नबनाई हामीले यसलाई पारित गर्न सकिँदैन भनेको भन्दै अध्यक्ष प्रचण्डले अघि भने, ‘त्यसको निम्ति हामीलाई समय पनि चाहिन्छ । हामी छलफल गर्छौं । समस्या कहाँ छ, त्यसको निदान कसरी गर्न सकिन्छ, उपाय निकाल्छौँ भनेर लेखेको चिठी हो । हामी पास गर्छौं भनेर लेखेको चिठी होइन । यो कुरा प्रष्ट होस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर