कर्णालीमा मुख्यमन्त्री शाहीले चार दिनसम्म मन्त्रिपरिषद् बिस्तार गर्न सकेनन् — OSNepal

कर्णालीमा मुख्यमन्त्री शाहीले चार दिनसम्म मन्त्रिपरिषद् बिस्तार गर्न सकेनन्

LC (KTM) November 05, 2021 0

सुर्खेत, १९ कात्तिक – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही आफू मुख्यमन्त्री भएको चार दिन बित्दा समेत मन्त्रीमण्डल बिस्तार गर्न सकेका छैनन् । माओवादी केन्द्रमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग गत बैशाख महिनामा भएको सहमतिअनुसार यही कात्तिक १५ गते मुख्यमन्त्री शाही कर्णाली प्रदेशको मुख्यमन्त्री भएका थिए ।

माओवादी केन्द्रका १२, कांग्रेसका ६ जना र नेकपा(एकिकृत समाजवादी)का ३ जना सांसदहरुले समर्थनमा शाही मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री भएकै दिन मन्त्रीपरिषद् विस्तार हुने अनुमान गरिएको भएपनि शाहीले राती साढे आठ बजे एक्लै मुख्यमन्त्रीको सपथग्रहण गरेका थिए ।

मुख्यमन्त्री शाहीले मुख्यमन्त्रीसहित २ मन्त्रालय आफुसँग राख्न चाहेका छन् । माओवादीले सबैभन्दा ठुलो दल भएका कारणले ४ मन्त्रालयको माग गरेको छ भने नेकपा (एकिकृत समाजवादी)ले ३ मन्त्रालयको माग गरेको छ ।

कर्णालीमा ४० प्रदेशसभा सदस्य भएका कारणले ८ जनाभन्दा बढी मन्त्रीमण्डलको विस्तार गर्न नपाउने तर, सत्ता गठबन्धनका दलहरुले मन्त्रालयको माग बढी गरेका कारणले मन्त्रीमण्डल विस्तार हुन ढिलो भएको हो ।

मुख्यमन्त्री शाहीले माओवादीलाई ३ मन्त्रालय, एकिकृत समाजवादीलाई २ मन्त्रालय र आफुसँग मुख्यमन्त्रीसहित २ मन्त्रालय माग गरेका कारणले सरकार विस्तार ढिलाई भएको एकिकृत समाजवादीका एक सांसदले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर