अमेरिकामा बसोबास गर्ने नेपालीहरुले यसरी मनाए भाइटीका, हेर्नुहोस तस्विर — OSNepal

अमेरिकामा बसोबास गर्ने नेपालीहरुले यसरी मनाए भाइटीका, हेर्नुहोस तस्विर

LC (KTM) November 07, 2021 0

विजय थापा । डिसी महानगर क्षेत्र । अमेरिकामा बसोबास गर्ने नेपालीहरुले गत बर्ष भन्दा अलिक रमाइलो गरि भाइटीका मनाई रहेका छन् र मनाउने क्रम जारी रहेको छ ।

अमेरिकामा कोरोना बिरुद्धको खोप आएकोले अमेरिकामा भएका सम्भवत सबैले नेपालीहरुले खोप लगाई सकेको र गत बर्षको तुलनामा संक्रमण न्यून हुदै गएकोले रमाईकोसंग मनाई रहेका छन् ।

नेपालमा भाइटीकाको उत्तम साइत ११:०२ बजे तोकिएकोले त्यही साइतमा पनि लगाईएको छ । अमेरिकामा भाइटीकाको टीका दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि मध्याह्न ११ः२५ बजेको समय उत्तम भनिएकाले अमेरिकामा बसोबास गर्ने नेपालीहरुले पनि यही समयमा पनि टीका ग्रहण गरेका छन् । अमेरिकामा भाई टिका छुट्टिको दिन परेकोले र बिदा नमिल्नेहरुले कामबाट फर्केपछि भाइटीका लगाउने छन् ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सभापति प्रा.डा. माधव भट्टराई र सदस्य सचिव आचार्य सन्तोष वाशिष्ठले विज्ञप्ति जारी गर्दै विभिन्न देशमा भाइटीकाको साइत सार्वजनिक गरे पछि त्यसलाई समयलाई पनि पछ्याएका छन् ।

अमेरिकामा विभिन्न राज्य तथा शहरहरुको समय कतै १ घण्टा, कतै २ घण्टा र कतै ३ घण्टाको समेत फरक भएकाले स्थानीय समय अनुसार नेपाली समुदायले भाइटीका लगाई रहेका छन् ।

अमेरिकामा तिहारका सबै सामाग्रीहरु भारतीय र नेपाली समुदायले खोलेका पसलमा पाइने हुनाले तिहार मनाउन सजिलो हुने गरेको छ । भाईटीकामा दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिएका छन् । सेलरोटी र अन्य सामाग्रीहरु दिदीबहिनीहरुले आफैँ बनाएका छन् ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, काजु, किसमिस, मरमसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा वा उपहार दिई सम्मान प्रकट गरेका छन् ।

नेपालबाट सानैमा अमेरिका आएका तथा अमेरिकामै जन्मिएकाहरुलाई अभिभावकहरुले नेपाली चाडपर्वको महत्वबारे जानकारी दिएर ठूलो भूमिका निर्वाह गरेका छन् ।अमेरिकामा खोलिएका नेपाली पाठशालाका विधार्थीहरु र आफ्ना सन्तानलाई देउसीभैलो खेल्न प्रोत्साहन समेत गरेका छन् ।

दोश्रो पुस्ताले देउसी र भैलो आनन्दले खेलेका छन् । यस पटक पनि कोरोनाका कारण र बच्चाहरुको खोप भर्खर आएकोले धेरै जसो भर्चुअल विधि(जुम -परोक्ष )रुपमा गीत, नृत्य, कविता, आदि समेत तिहारमा प्रस्तुत गरेका छन् ।

अमेरिकामा बसोबास गर्ने नेपालीहरुले नेपालमा जस्तै काग तिहारदेखि भाइटीकासम्म आफ्नो निवासलाई झिलीमिली बनाएका छन् ।

अमेरिकामा विभिन्न राज्य, शहर, गाउँ क्षेत्रमा बसोबास गर्ने नेपालीले लक्ष्मी पूजा पनि श्रद्धाभक्तिका साथ मनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर