सुनकोशी बाहिरियो, कनकाई अन्तिम आठमा — OSNepal

सुनकोशी बाहिरियो, कनकाई अन्तिम आठमा

LC (KTM) November 08, 2021 0

काठमाडौं, २२ कात्तिक . सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकालाई हराउँदै झापाको कनकाई नगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको अन्तिम आठमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको पहिलो खेलमा सुनकोशीलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै कनकाई क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको दोस्रो चरणको पहिलो खेल निर्धारित ९० मिनेट गोलरहित बराबरीमा समाप्त भएपछि खेलको छिनोफानो सिधै पेनाल्टी सुट आउटमा भएको थियो । पेनाल्टीमा भाग्यशाली रहेको कनकाईले सुनकोशीलाई ३–१ ले हरायो ।

खेलको प्लेअर अफ दि म्याच कनकाईकी जसोधा लावती घोषित भईन् । उनले पाँच हजार रुपैंयासहित ट्रफी पाइन् । अब, कनकाइले सेमिफाइनल प्रवेशका लागि बुधबार कैलालीको गोदावरी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेताले पाँच लाख पाउँदा उपविजेताले दुई लाख ५० हजार पाउँनेछन् । फाइनल भिड्ने दुई टोली राष्ट्रिय महिला लिगमा छनोट हुनेछ ।

राष्ट्रिय महिला लिगमा आठ टोलीले सहभागीता जनाउँनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर