यहुदीमाथि नाजीको जातीय नरसंहारदेखि बर्लिनको पर्खाल ढलेको २०औं बार्षिकी — OSNepal

यहुदीमाथि नाजीको जातीय नरसंहारदेखि बर्लिनको पर्खाल ढलेको २०औं बार्षिकी

LC (KTM) November 09, 2021 0

आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाः

बर्लिनको पर्खाल ढलेको २०औं बार्षिकी
बर्लिनको पर्खाल ढलेको २०औं बार्षिकीको अवसरमा सन् २००९ को ९ अक्टोबर अर्थात आजको दिन जर्मन चान्सलर एंगेला मर्केल, सोभियत युनियनका अन्तिम अध्यक्ष मिखाइल गोर्भाचेभ , पोल्यान्डका पूर्वराष्ट्रपति तथा नोबेल शान्ति पुरस्कार बिजेता लेच वालेसा बर्लिनको ब्रान्डेनवर्ग गेटमा सँगै हिडेर पर्खाल ढलेको २०औ वार्षिकी मनाएका थिए ।

सानो उमेरमा विश्व चेस च्याम्पियन
सन् १९८५ मा रसियाका गारे कास्पारोभ सानो उमेरमै विश्व चेस च्याम्पियन बन्ने पहिलो व्यक्ति बनेका थिए । १३ औं विश्व चेस च्याम्पियनमा २२ वर्षीय कास्पारोभले एनाटोली कारपोभलाई पराजित गरी सानो उमेरमा नै विश्व च्याम्पियन बन्न सफल भएका थिए ।

रोलिङ स्टोन म्यागेजिनको प्रकाशन
सन् १९६७ को ९ अक्टोबर अर्थात आजकै दिन अमेरिकाको प्रसिद्ध सांस्कृतिक म्यागेजिन रोलिङ स्टोन प्रकाशित भएको थियो । सातामा दुई पटक प्रकाशित हुने सो म्यागेजिको स्थापना अमेरिकाको सानफ्रान्सिस्कोस्थित ज्यान सिमोन वेनरले गरेका थिए । म्यागेजिनले विश्वका प्रसिद्ध लेखकहरुको करिअर बारेमा रोचक जानाकारी दिएको थियो ।

यहुदीमाथि नाजीको जातीय नरसंहार
सन् १९३८ मा जर्मनमा नाजी पार्टीमा आबद्ध लडाकु समूहले जर्मनी र अस्ट्रियाका यहुदीमाथि जातीय नरसंहार गरेका थिए । नाजीले यहुदी व्यापरी, धर्मगुरु र अन्य सर्वसाधारणको खोजी खोजी हत्या गरेका थिए । उनीहरु यहुदीको धार्मिक स्थलमासमेत प्रवेश गरेका थिए । नाजीको शृंखलाबद्ध हमलामा ७० यहुदीको हत्या हुनुको साथै ३० हजारलाई पक्राउ गरिएको थियो । उनीहरुलाई पक्राउ गरी कारागारामा राखिएको कार्यलाई नाइट अफ ब्रोकन ग्लास भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर