चीनमा कोरोनाविरुद्ध दुई अर्ब ३३ करोड ८० लाख डोज खोप लगाइयो — OSNepal

चीनमा कोरोनाविरुद्ध दुई अर्ब ३३ करोड ८० लाख डोज खोप लगाइयो

LC (KTM) November 09, 2021 0

बेइजिङ २३ कात्तिक- चीनभर कोरोना भाइरसविरुद्ध दुई अर्ब ३३ करोड ८० लाख डोज खोप लगाइएको यहाँको ‘नेशनल हेल्थ कमिसन’ले मङ्गलबार जानकारी दिएको छ । चीनमा विश्वको तुलनामा सब भन्दा बढी कोरोनाविरुद्ध खोप लगाउने देशको रुपमा परेको छ ।

सन् २०१९ को डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट कोरोना भाइरसको महामारी शुरु भएको थियो । सो समयदेखि हालसम्म विश्वभरी २५ करोड ११ लाख भन्दा बढी व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ५० लाख ७३ हजार भन्दा बढी व्यक्तिको यसको सङ्क्रमणको कारण मृत्यु भएको छ ।
यद्यपी २२ करोड ७४ लाख ६ हजार भन्दा बढी व्यक्ति कोरोना मुक्त भएका छन् । (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर