एमसीसी यथास्थितिमा अगाडि नबढाउने माओवादीको निर्णय — OSNepal

एमसीसी यथास्थितिमा अगाडि नबढाउने माओवादीको निर्णय

LC (KTM) November 09, 2021 0

काठमाडौं, २३ कात्तिक – नेकपा माओवादी केन्द्रले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता यथास्थितिमा अगाडि बढाउन नहुने निर्णय गरेको छ ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले एमसीसी परिमार्जनबिना अगाडि बढाउन नहुने निर्णय गरेको हो । ‘एमसीसीमा केही प्रश्न उठेका छन् । हाम्रो पार्टी केही कुरामा राष्ट्रिय सहमति नभइकन र केही सच्याउनुपर्ने कुरा नसच्याई अगाडि नबढाउने भन्ने भएको छ,’ प्रवक्ता कृष्ण महराले भने ।

केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले आफू र प्रचण्डले एमसीसी पारित गराउन अमेरिकालाई पत्र लेखेर पठाइसकेको बताएका थिए । जसमा माओवादी अध्यक्ष प्रचण्डले पारित गराउन राष्ट्रिय सहमति खोज्न प्रयत्न गर्ने भनेर माओवादी पार्टीले पत्र पठाएको दाबी गरेका थिए । देउवा र प्रचण्डमध्ये एउटाले झुटो बोलेको भनेर चर्चा भइरहेका बेला माओवादी पार्टीले एमसीसी परिमार्जनमा जोड दिएको हो ।

स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई केन्द्रीत गरेर सांगठनिक कामहरु टुंग्याउनुपर्ने निष्कर्षसमेत निकालेको छ । ‘प्रदेश अध्यक्ष र इन्चार्ज तोकियो । केही प्रदेशमा पदाधिकारी तोक्न बाँकी छ । सबै प्रदेशमा टुंग्याउने, पदाधिकारीमा कसलाई कहाँ राख्ने परामर्शमा टुंग्याउनेगरी प्रदेशमा रहेका पार्टीका केन्द्रीय सदस्य र केन्द्रीय अध्यक्ष प्रचण्डलाई जिम्मा दिएको छ,’ प्रवक्ता महराले भने ।

बैठकले ११-१३ पुसमा तोकिएको राष्ट्रिय सम्मेलन काठमाडौंमै गर्ने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर