प्रेमीकाले अर्को पुरुषसँग इन्गेजमेन्ट गरेपछि प्रेमिले गरे प्रेमिका माथि चक्कु प्रहार — OSNepal

प्रेमीकाले अर्को पुरुषसँग इन्गेजमेन्ट गरेपछि प्रेमिले गरे प्रेमिका माथि चक्कु प्रहार

LC (KTM) November 11, 2021 0

हैदराबाद, २५ कात्तिक -हैदराबादका एक पुरुषले एक युवतीलाई शरिरका १८ ठाउँमा चक्कु प्रहार गरेका छन् । चक्कु प्रहार गर्ने व्यक्ति ती युवतीको प्रेमी भएको बुझिएको छ । युवतीले विवाह गर्न अस्वीकार गरेपछि रिसको झोंकमा उनले चक्कु धसेका थिए ।

युवतीले अर्को पुरुषसँग दुई महिनाअघि इन्गेजमेन्ट गरेपछि ती प्रेमी क्रुद्ध बनेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते बनेकी युवतीको अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था स्थिर छ । युवतीलाई चक्कु प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर