यहाँका मानिस बच्चा भन्दा कुकुर हुर्काउन सजिलो मान्छन्, मानिसहरु सन्तानसँग भन्दा कुकुरसँग हुन्छन् निकै खुशी — OSNepal

यहाँका मानिस बच्चा भन्दा कुकुर हुर्काउन सजिलो मान्छन्, मानिसहरु सन्तानसँग भन्दा कुकुरसँग हुन्छन् निकै खुशी

LC (KTM) May 26, 2021 0

काठमाडौँ । पछिल्ला दिनमा जापानमा बच्चा जन्माउनेको संख्यामा लगातार गिरावट आइरहेको छ । कारण हो झन्जटिलो पालनपोषणको प्रक्रिया । जापानका स्थानीयले बालबालिकाको सट्टा पाल्तु जनावर बढी पाल्न थालेका कारण च्चा भन्दा पाल्तु जनावरको दर्ता बढी भएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

कम जन्म दरका कारण जापानको अर्थव्यवस्था पनि खस्किदै गएका बेला सरकार भने चिन्तित बन्दै गएको छ । २०१४ मा जापानमा १५ वर्ष उमेरका लगभग १ करोड ६५ लाख मानिस थिए । तर, यसको विपरित पाल्तु जनावरको संख्या २ करोड १३ लाख थियो ।यहाँ कम्पनीहरुले कर्मचारीलाई पनि थोरै मात्र बिदा दिँदै आएका छन् । यो पनि बालबालिका हुर्काउन कठिन मानिने एक कारण हो ।

जापानमा कामप्रतिको लगाव महिला–पुरुषमा त्यत्तीकै जोडदार छ । यस्तो अवस्थामा कोही पनि सन्तानको जिम्मेवारी लिन चाहदैनन् । जानकारहरुका अनुसार आगामी ५ वर्ष अर्थात २०२५ सम्म जापानको प्रत्येक ३ मा एक ६५ वर्ष भन्दा बढी उमेरका हुनेछन् । यसरी जनसंख्यामा गिरावट आउँदै जाने हो भने केही वर्षमा नै यहाँको अवस्था विकराल बन्ने भन्दै जानकारहरुले चिन्ता ब्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर