OSNepal मंगलबार, मंसिर १४ २०७८

ब्राजिलसँग रोकिएपछि विश्वकप छनोट हुन अर्जेन्टिनालाई अर्काे खेल कुर्नु पर्ने

ब्राजिलसँग रोकिएपछि विश्वकप छनोट हुन अर्जेन्टिनालाई अर्काे खेल कुर्नु पर्ने

  • OSNepal
  • बुधबार, मंसिर १ २०७८


ब्राजिलसँग रोकिएपछि विश्वकप छनोट हुन अर्जेन्टिनालाई अर्काे खेल कुर्नु पर्ने
Reading Time: < 1 minute

काठमाडौं, १ मंसिर – ब्राजिलसँग बराबरीमा रोकिएपछि अर्जेन्टिना कतार फिफा विश्वकपमा छनोट हुनबाट रोकिएको छ ।

बुधबार बिहान भएको खेलमा अर्जेन्टिना घरेलु मैदानमा ब्राजिलसँग गोलरहित बराबरीमा रोकिएको हो । यो सँगै विश्वकपमा छनोट भइसकेको ब्राजिलले अर्जेन्टिनालाई रोक्दै विश्वकप छनोट हुन दिएन । अब छनोटका लागि अर्जेन्टिनाले अर्काे खेल कुर्नुपर्ने हुन्छ ।

स्टार खेलाडी नेयमारबिना मैदान उत्रिएको ब्राजिलले कप्तान लिओनल मेस्सीसहितको अर्जेन्टिनालाई रोक्न सफल भयो । अर्जेन्टिना बल पोसेसनमा बलियो देखिएपनि गोल भने गर्न असफल भयो ।

बराबरीसँगै ब्राजिलले १३ खेलबाट ३५ अंक जोड्दै शीर्ष स्थानमा छ । अर्जेन्टिनाको १३ खेलमा २९ अंकसहित दोस्रो स्थानमा छ । इक्वेडर १४ खेलमा २३ अंकसहित तेस्रो तथा समान खेलमा कोलोम्बिया १८ अंकसहित चौथो स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड